काठमाडौं- सिन्धुपाल्चोक-१ मा नेकपा एमालेले अग्रता कायम गरिरहेको छ। मतगणनाको पछिल्लो विवरणअनुसार नेकपा एमालेका सरेश नेपालले ८६३ मतान्तर सहित अग्रता लिइरहेका छन्।
नेपालले ६ हजार ३१ मत ल्याएका छन् भने माओवादी केन्द्रका माधव सापकोटा (सुबोध)ले ५ हजार १६८ मतका साथ पछ्याइरहेका छन्।
सोमबार साँझदेखि सुरु भएको गणनामा हालसम्म १४ हजार ४१३ मत गनिएको छ।