काठमाडौं– दाङ २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल १८ सयभन्दा बढी मतान्तरले पछि परेका छन्।
अहिलेसम्म २० हजार ६७८ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले ८ हजार ६१६ मत प्राप्त गरेकी छन्। पोखरेलको पक्षमा रहेको मत ६ हजार ८०८ छ। दुईबीचको मतान्तर १ हजार ८०८ को रहेको छ।
यहाँ रेखाले सुरुदेखि नै अग्रता बनाएकी हुन्।