शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणले भन्यो : निवेदन दिएको १० दिनभित्रै मिटर नपाए फोन गर्नू

प्राधिकरणले भन्यो : निवेदन दिएको १० दिनभित्रै मिटर नपाए फोन गर्नू

प्राधिकरणद्वारा ग्राहकले मिटर लिँदा घुस दिनुपर्ने बाध्यता रहेको गुनासो गरेपछि समयमै मिटर नपाए तोकिएको नम्बरमा फोन गर्न उपभोक्तालाई आग्रह गरेको हो।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौ– नेपाल विद्युत् प्राधिकरणले आवेदन दिएको १० दिनभित्रै विद्युत मिटर उपलब्ध गराइने दाबी गरेको छ। प्राधिकरणका अनुसार ग्राहकले सिंगल फेज र थ्री फेज मिटर कनेक्सनका लागि आवेदन दिएको १० दिनभित्र उपलब्ध गराइने भएको हो। तर जीआइएस गर्नुपर्ने भए थप केही समय लाग्ने प्राधिकरणले जनाएको छ। 

मंगलबार प्राधिकरणले सूचना जारी गर्दै यदि आवेदन दिएको १० दिनसम्मा पनि मिटर कनेक्सन नपाएर फोन गर्न सर्वसाधारणलाई मोबाइल नम्बरसमेत उपलब्ध गराएको छ। प्राधिकरणले समयमै मिटर नआए प्राधिकरणको ९८५१३२२११७ नम्बरमा फोन गर्न ग्राहकलाई अनुरोध गरेको छ। 

ग्राहकले मिटर लिँदा घुस दिनुपर्ने बाध्यता रहेको गुनासो गरेपछि प्राधिकरणले समयमै मिटर नपाए सो नम्बरमा सीधै फोन गर्न आग्रह गरेको हो। हाल दुवै खाले मिटर पर्याप्त मौज्दात रहेको प्राधिकरणले बताएको छ। 

सिंगल फेज मिटर घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने गर्छ भने थ्री फेज मिटर घरायसीसँगै होटल, मिललगायत स्थानमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुन्छ। प्राधिकरणका अनुसार ग्राहकले थ्री फेज मिटर लिन अनलाइन आवेदन दिनुपर्छ।

प्रकाशित: Nov 22, 2022| 15:24 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्