काठमाडौं– काभ्रेपलाञ्चोक २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा १ हजार ३८८ मतले पछि परेका छन्।
गठबन्धनबाट नेपाली कांग्रेसका शिव हुमागाईंले निरन्तर अग्रता कायम राख्दै बाँस्कोटासँगको मतान्तर निरन्तर बढाउँदै गएका छन्। अहिलेसम्मको गणनामा हुमागाईंले ५ हजार ३८७ मत पाएकोमा बाँस्कोटाले भने ४ हजार ६ मत प्राप्त गरेका छन्।
यस्तै स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९५१ मतसहित तेस्रो स्थानमा छन्।