भरतपुर- चितवन क्षेत्र नम्बर २ अन्तर्गत कालिका नगरपालिकाको मतगणना सुरु भएसँगैराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्। एमालेका कृष्णभक्त पोखरेललाई पछि पार्दै उनी अघि बढेका हुन्।
इच्छाकामना गाउँपालिकाको मतगणना हुँदासम्म तेस्रो स्थानमा सीमित भएका रवि कालिका नगरपालिकाको गणना थालेसँग शीर्ष स्थानमा उक्लिएका हुन्। कालिका वडा नम्बर १ मा १०० मत गन्दा रविले ८८ मत पाएका छन्।
पछिल्लो पटक अद्यावधिक गरिएको मतगणनाको तथ्यांकअनुसार पोखरेललाई १२८ मतले पछि पार्दै रवि अघि लागेका हुन्। लामिछानेले ४ हजार ७ मत ल्याउँदा पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन्। यस्तै कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत ल्याएका छन्।