काठमाडौं– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन्।
पछिल्लो मतपरिणामअनुसार रवि ४ हजार ७ मतसहित पहिलोस्थानमा छन्। इच्छाकामना गाउँपालिकाका ७ वडाको गणनामा तेस्रो रहेका रविले कालिका नगरपालिकाको गणना सुरु भएपछि अग्रता लिएका हुन्। यहाँ वडा १ मा १०० मत गन्दा रविले ८८ मत पाएका छन्।
दोस्रोमा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत प्राप्त गर्दा तेस्रोमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठसँग ३ हजार ४१० मत रहेको छ।