काठमाडौं– झापा क्षेत्र–३ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिइरहेका छन्।
लिङ्देनले ७ हजार ४० मत ल्याएका छन् भने सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ५ हजार २२६ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ५४७ मत ल्याएका छन्। एमालेका बागी उम्मेदवार डम्बर गिरीले ७९ मत ल्याएका छन्।एमालेले झापा–३ मा राप्रपासँग चुनावी तालमेल गरेको छ।