काठमाडौं– इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निरन्तर पछि परेका छन्। पछिल्लो मत परिणामअनुसार खनाल ७०३ मतले पछि परेका छन्।
नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राख्दै ६ हजार ६४६ मत बनाएका छन्। खनाललाई ५ हजार ९४३ मत प्राप्त भएको छ।
मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ७९३ र राप्रपाका तोयानाथ शर्मा सापकोटाले ४८७ मत पाएका छन्।