सप्तरी- सुरुङगा नगरपालिका-४ मधुपट्टी बस्ने ३९ वर्षीय श्रवणकुमार चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ।
घरदेखि करिब ३ सय मिटर टाढा खाल्डोमा मोटर चलाउने क्रममा विद्युतको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।