काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभामा विजयको खाता खोलेको छ। काठमाडौं क्षेत्र–२ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका हुन्।
केसीले ६ हजार ५९८ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाए। केसीले १ हजार ५१९ मतान्तरले जित निकालेका हुन्।