काठमाडौं– चितवन-३ को मा राप्रपाका विक्रम पाण्डेले अग्रता बनाएका छन्। जारी मतगणनाको पछिल्लो मतपरिणाम अुनसार पाण्डेले ४ हजार ७७० मत ल्याएका छन्। रास्वपाकी जिता बराल ३ हजार ९७७ मत पाएर दोस्रो स्थानमा छिन्।
सत्ताधारी गठबन्धनको समर्थन पाएका माओवादीका डा भोजराज अधिकारीले ३ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३ हजार १७३ मत पाएका छन्।
२०७४ सालको निर्वाचनमा पाण्डेलाई हराउँदै यहाँबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए।