काठमाडौं– डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतान्तर बढाउँदै गएका छन्। अहिलेसम्म यहाँ १९ हजार ५९६ मत गणना हुँदा देउवाले सुरुदेखिको अग्रता कायम राख्दै, फरक बढाउँदै गएका हुन्।
यहाँ देउवाको मत स्वतन्त्र उम्मेदवार सागर ढकाल र बीपी कांग्रेसका कर्णबहादुर मल्लको मतको योगफलभन्दा करिब २ हजारले बढी छ। सागरले ५ हजार १९३ मत पाउँदा कर्णको पक्षमा २ हजार ६९४ मत परेको छ। दुवैको मतको योगफल ७ हजार ८८७ हुन आउँछ। जुन देउवाको मत भन्दा १ हजार ८८६ ले कम हो।
यहाँ देउवाले ९ हजार ७७३ मत पाएका छन्।