धनगढी- प्रतिनिधि सभातर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता बढाउँदै लगेका छन्। भट्ट र सत्ता गठबन्धनबाट कांग्रेसका बीरबहादुर बलायरबीच निकै प्रतिस्पर्धात्मक देखिएको मत परिणाममा पछिल्लो समय भट्टले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
अहिलेसम्मको मतपरिणाम अनुसार भट्ट ८ हजार ५७ मतका साथ लिड गरिरहेका छन्। उनलाई ७ हजार ४ सय २५ मतसहित बलायरले पछ्याइरहेका छन्। भट्ट र बलायरबीच ६३२ मतान्तर छ।