काठमाडौं– कैलाली ३ मा रेशम चौधरीपत्नी रञ्जीता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।
यहाँनागरिक उन्मुक्ति पार्टीका गंगा राम चौधरी विजयी भएका छन्। चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७ हजार ७४९ र निवर्तमान सांसद नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका छन्। यस्तै राप्रपाका वीरेन्द्र बमलाई ७ हजार ४७ मत खसेको छ।
यस क्षेत्रमा कुल ६३ हजार ४४० मत खसेकोमा ५९ हजार ७१९ मत सदर भएको छ।