काठमाडौं- भोजपुर र अछाममा एक/एक जना मृत फेला परेका छन्।
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ गडा गाउँ बस्ने ५३ वर्षीया यसोधा खत्री सोही ठाउँस्थित मकुवा खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छन्। घरबाट आफूखुसी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो।
यस्तै अछाम, पञ्चदेवल विनायक नगरपालिका-६ केतुकाना बस्ने ६० वर्षीय जोरा सिह थापा मगर सोही ठाउँस्थित बनजारी भन्ने ठाँउमा सोमबार मृत अवस्थामा फेला परेकी छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।