काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीमा जोडेको छ। त्यसका लागि नेशनल पेमेन्ट स्वीच (एनपीएस)को लागि दुई संस्थाहरु बीच सम्झौता भएको छ।
सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात् नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ। जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू गर्न सकिने छ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ।