काठमाडौं- कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न "विन्टर अफर" ल्याएको छ। उक्त अफर अन्तर्गत मङ्सिर १ गते देखि माघ २९ गते सम्म प्रयोगकर्ताहरुले कनेक्ट आईपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटक मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन्। त्यसै गरी कनेक्ट आईपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन (अधिकतम १५ हजार रुपैयाँसम्म समेत प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकहरुले कनेक्ट आईपीएस मोबाइल एप डाउनलोड गरी वा वेबसाइटमा गई नयाँ युजर बनाउन सक्नेछन् र एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्ने हुन्छ।