काठमाडौं- हाई एण्ड ग्लोबल टिभी ब्राण्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटी) को पायोनियर स्काइवर्थले नेपालमा क्युएलइडी प्लस गुगल टिभी ल्याएको छ। एसयुइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिमअन्तर्गत रहेको कम्पनीले जनाएको छ।
स्काइवर्थको नेपालस्थित आधिकारिक बिक्रेता केएल दुगड ग्रुुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजका अनुसार गुगल टिभीको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभीको पिक्चर क्वालिटी उत्कृष्ट छ।
गुगलले आफ्नो एन्ड्रोइड टिभी एक्सपिरियन्स रिफाइन गरेकाले अब उपभोक्ताले टिभी पनि पर्सनलाइज गर्न सक्नेछन्। आफ्नो भ्युइङ हृयाबिट र इन्टेरेस्टअनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले फिफा वल्र्डकप २०२२ लाई लक्षित गर्दै स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम नामक अफर पनि ल्याएको छ। अफरअन्तर्गत उपभोक्ताले स्काइवर्थ ब्राण्डका टिभी खरिदमा ३३ प्रतिशतसम्म क्यासब्याक पाउने बताइएको छ। अफर मंसिर ३० गतेसम्म लागू हुने पनि कम्पनीले जनाएको छ।