शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी बैंक र यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

लक्ष्मी बैंक र यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

लक्ष्मी बैंकले लघु, साना तथा मझौला उद्यम (एमएसएमइज) को वित्तीय उत्पादन तथा सेवामा विशेषगरी पर्यटन, कृषिलगायतका क्षेत्रमा दिगो रुपमा उपलब्धता र पहुँच अभिवृद्धि गर्ने साझा लक्ष्यका साथ डिजिटल सेवाहरुको विस्तार गर्ने उद्देश्यसहित यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिनेससँगै समझदारी गरेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- लक्ष्मी बैंकले लघु, साना तथा मझौला उद्यम (एमएसएमइज) को वित्तीय उत्पादन तथा सेवामा विशेषगरी पर्यटन, कृषिलगायतका क्षेत्रमा दिगो रुपमा उपलब्धता र पहुँच अभिवृद्धि गर्ने साझा लक्ष्यका साथ डिजिटल सेवाहरुको विस्तार गर्ने उद्देश्यसहित यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिनेससँगै समझदारी गरेको छ। 

यो चार वर्षको साझेदारीले यी साझा लक्ष्यका लागि संगठनात्मक एकता, अनुभव, प्रविधि, विधि र स्रोतको अदानप्रदान हुने अपेक्षा गरिएको छ। बैंकको कर्पोरेट कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह र पार्टी अफ दि एक्टिभिटीकी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका छन्। 

यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेस पाँचवर्षे गतिविधि हो। जसको उद्देश्य नेपाली अर्थतन्त्र कोभिड–१९ महामारीबाट पुनरुत्थान भएर विकासको नयाँ बाटो तय गर्ने लक्ष्य राखिएको छ। यस गतिविधिले नेपाललाई आफ्नो अर्थतन्त्रलाई उच्च गुणस्तर र मूल्यको निर्याततर्फ विविधीकरण गरेर आर्थिक वृद्धिले पछि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसर बढाएर थप दिगोपन र लचिलोपन सिर्जना गर्न मद्दत गर्ने विश्वास लिइएको छ। 

लक्ष्मी बैंकले बढ्दो, जीवन्त नेपालका लागि रोजाइको बैंक बन्ने तथा घरपरिवार, व्यवसाय र समुदायमा पहुँच पुर्याउने र समृद्ध बनाउने परिकल्पनाका साथ ५० जिल्लामा १४३ शाखा, ५ अस्पताल सेवा काउन्टर, १३ एक्सटेन्सन काउन्टर र १७७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। 


प्रकाशित: Nov 22, 2022| 12:56 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्