बिहीबार, भदौ १२, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ। कैलालीको गोदावरी नगरपालिका-१ धनगढी रोडमा से.१ ख १२२३ नम्बरको बसले से.६ प १५९१ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार भजनी नगरपालिका बस्ने ४५ वर्षीया टिकारानी देवी चौधरीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरिया हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा प्रदेश नं.२-०३-००४ प ७८८४ नम्बरको मोटरसाइकल र ज.११ प ८१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश नं.२-०३-००४ प ७८८४ नम्बरको मोटरसाइकल चालक बारा कलैया उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र ज.११ प ८१० नम्बरको मोटरसाइकल चालक महोत्तरी बर्दिवास नगरपालिका-६ बस्ने २५ वर्षीय सुनिल आले मगरको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनामध्ये १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ भने अन्य २ जनाको त्रिवेव हेल्थ केयर रानीगञ्जमा उपचार भइरहेको छ। 

यसैगरी सर्लाही, धनकौल गाउँपालिका-५ छठिघाट पुलस्थित सडकमा बरहथवाबाट मधुबनीतर्फ जाँदै गरेको बिआर ३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत सितामढी ग्राम पंचायत बहेरा सिजवा बस्ने ४० वर्षीय मुकेश राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सञ्जिवनी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीरगंजतर्फ पठाइएको छ । 

नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-५ चुकाहास्थित सडकमा दुम्किबासबाट चुकाहातर्फ जाँदै गरेको लु.२९ प ६७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको पुष्पक गणमा कार्यरत सिपाही २५ वर्षीय रविन पल्ली मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

चितवन, राप्ती नगरपालिका-६ हर्दीचोकस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.२ ख ८५२२ नम्बरको ट्रकमा बा.४ ख ४१२ नम्बरको माईक्रो हाईस ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा हाइसमा सवार सोही नगरपालिका-४ डडुवा बस्ने ३५ वर्षीय महाविर विकको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका हाईस चालक समेत अन्य पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार  ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ। 

पर्सा, वीरगंज महानगरपालिका-१५ ब्रम्हचोकमा ना.१२ प ६९४२ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक भारत रक्शौल कोइरियाटोला बस्ने ४० वर्षीय राम आशिष साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 22, 2022| 12:36 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।