काठमाडौं– प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री भीम आचार्यलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ।
४ हजार ६३ मत गणना हुँदा घण्टीले यहाँ १ हजार ४९६ मत ल्याएको छ। पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमालेका आचार्यले ९८४ मत पाएका छन्। दुईबीचको मतान्तर ५१२ मतको रहेको छ।
तेस्रोमा नेपाली कांग्रेसका सीताराम मेहताले ९१६ मतसहित आचार्यलाई पछ्याइरहेका छन्।