बिहीबार, भदौ १२, २०८२

लागूऔषधसहित दुई जना पक्राउ

देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

 काठमाडौं- देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

बाँके नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित खजुरा गाउँपालिका-२ बस्ने २२ वर्षीय सुरज गन्धर्वलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

पर्सा, वीरगञ्ज महानगरपालिका-३२ टेढास्थित सडकबाट अवैध लागूऔषध चरेश २ केजी सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ। 

उक्त स्थानमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ ना.५२ प ६०५७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल छाडी फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो। हाल फरार व्यक्तिको खोजी थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 22, 2022| 12:24 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।