काठमाडौं– काठमाडौं क्षेत्र–८ अन्तर्गत प्रदेशसभा (क) बाट हाम्रो नेपाली पार्टीले खाता खोलेको छ। यो क्षेत्रमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान वज्राचार्यले ५ हजार ४६२ मत ल्याएर विजयी भएका हुन्।
वज्राचार्यका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेश शाक्यले ३ हजार ७११ मात्र ल्याएका छन्।
कांग्रेसका राजुराज जोशी ३ हजार ६७० मतसहित तेस्रो स्थानमा रहेका छन्।निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गर्न भने बाँकी छ।