काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको जानकारी दिएका छन्।
काठमाडौं क्षेत्र–१० को मतगणना स्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा ८ दिनभित्र आउने बताएका हुन्। ८ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ छ।