काठमाडौं– रुपन्देही निर्वाचन क्षेत्र–३ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले कांग्रेस नेता बालकृष्ण खाणलाई उछिनेका छन्।
पछिल्लो मतगणनाअनुसार बोहराले ४ हजार १७० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार खाणले ३९१९ मत ल्याएका छन्।
हालसम्म उक्त क्षेत्रमा १० हजार ६४० मतगणना भइसकेको रुपन्देहीस्थित जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।