काठमाडौं- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता फराकिलो पार्दै लगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मत ल्याएका छन्।
ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर रहेको छ।