सुर्खेत- सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राखेका छन्।
क्षेत्रको २७ हजार १५६ मत गणना हुँदा थानीले निरन्तर अग्रता लिएका हुन्। थानीले १२ हजार ३८५ मत पाएका छन्। उनका प्रतिष्पर्धी एमालेका अमृतकुमार बिसीले १० हजार ७७४ मत पाएका छन्।
थानी पूर्व सहकारीमन्त्री समेत हुन्।