सिन्धुपाल्चोक- सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता बढाएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेरबहादुर तामाङलाई १६ सय बढी मतले पछि पारेका हुन्।
पछिल्लो मतपरिणाम अनुसार बस्नेतको ३ हजार ८९३ मत रहेको छ भने तामाङले २ हजार २३६ मत प्राप्त गरेका छन्।
यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका तामाङ विजयी भएका थिए।