काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्।
सोमबार मतगणना सुरू भएयता नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच इलाम २ मा कडा प्रतिस्पर्धा भइरहेको छ।
पछिल्लो मत परिणाम अनुसार डम्बर खड्काले २१७८ मत प्राप्त गर्दा नेम्वाङले २१०१ मत पाएका छन्। अहिले नेम्वाङ कांग्रेस उम्मेद्वारभन्दा ७७ मतले पछि छन्।