काठमाडौं- सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका डा. सीके राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा ६ हजार ४३४ मतले अगाडि छन्।
राउतले १२ हजार ७८१ मत ल्याउँदा जनता समाजवादी पार्टीका यादवले ६ हजार ३४७ मत ल्याएका छन्।
प्रारम्भिक मतगणना शुरु भएदेखि नै अग्रता लिएको राउतले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका हुन्।
त्यसै गरी सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले दुई हजार ४२१ मत ल्याएका छन्।