गुल्मी- गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर २ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ।
मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई दिएको विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
भगवती माविको क र ख केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए।
यस केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने छ। गुल्मी १ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट प्रदीप ज्ञवाली र नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन्।