इटहरी- सुनसरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
बिहान ६ बजेसम्म २ हजार ६९३ मतगणना हुँदा रास्वपाका कमल मैनाली ८२९ मत प्राप्त गर्दै अग्रतामा छन्।
यस्तै, दोस्रोमा नेकपा एमालेकी भगवती चौधरी रहेकी छन्। उनको ७३४ मत प्राप्त गरेकी छन्।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारले भने ५३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। हालसम्म ११३ मत बदर भएको छ।