काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १८ सय मतको अग्रता कायम गरेका छन्।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै पौडेलले १८ सय १६ मतको अग्रता कायम गरेका हुन्।
पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन्। एमालेका पोखरेलले चार हजार ३६५ मत पाएका छन्।