सर्लाही- सर्लाही ४ मा सत्तारुढ र एमाले–राजपा गठबन्धनका उम्मेदवार स्वतन्त्र उम्मेदवार भन्दा पछि परेका छन्।
सत्तारुढ र एमाले राजपा गठबन्धनलाई पार्दै कांग्रेसका ‘बागी’ अमरेश कुमार सिंहले सर्लाही ४ मा अग्रता लिएका छन्।
माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी मधुमालाकुमारी यादवले स्वतन्त्र उम्मेदवार बनेर अमरेशलाई पछ्याइरहेकी छन्।
पछिल्लो मत परिणामअनुसार सिंहले माछा चुनाव चिन्हमा १ हजार १८५ मत प्राप्त गर्दा मधुमाला कुमारीले चापाकल चुनाव चिन्हमा ८६४ मत पाएकी छन्।
यहाँ सत्तारुढ गठबन्धनका नागेन्द्रकुमार रायले ८२३ र एमाले–जसापा गठबन्धनका उम्मेदवार राकेशकुमार मिश्रले २४० मत मात्रै पाएका छन्। राय कांग्रेस र मिश्र जसपाका नेता हुन्।
अमरेश सिंह २०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका छन्। यसपटक कांग्रेसको कारबाहीमा परेपछि उनले पार्टीबाट टिकट पाएनन्।