डडेलधुरा- डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर दोब्बर पारेका छन्।
११ हजार ३ सय ७० मत गणना हुँदा उनले ५ हजार ७ सय ८७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ७ सय ९७ मत छन्। उनीहरूबीच २ हजार ९ सय ९० मतको अन्तर रहेको छ।
नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्लले १ हजार ६ सय ९० मत ल्याएका छन्। मल्ललाई नेकपा एमालेको समर्थन छ।