काठमाडौं- बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीको अग्रता कायमै राखेका छन्।
केसीले २ हजार ५१६ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका सूर्यप्रसाद पाठकले २ हजार १ सय ९३ मतसहित पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले १ हजार ४ सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले १४६, स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले ६० र नेपाली कांग्रेस बीपीका शिवलाल सापकोटाले १३ मत प्राप्त गरेका छन्। हालसम्म ६ हजार ५ सय ६४ मत गणना भएको छ।