बुटवल- रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल तीन सय मतले पछाडि परेका छन्।
घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४ मत ल्याउँदा पौडेलले १९ सय ४४ मत ल्याएका छन्।
त्यस्तै सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) ले १४ सय ६१ मत प्राप्त गरेका छन्।