काठमाडौं- बारा- ३ को पछिल्लो मत अपडेट अनुसार नेकपा एमालेकी ज्वाला साहले अग्रता लिएकी छन्।
एमाले उम्मेदवार साहले २३१९ मतका साथ लिड गरिरहेकी छन्। उनलाई जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले २२३२ मतका साथ पछ्याइरहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह बुइहारले १११३ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रबाट २०७४ मा रामबाबुकुमार यादव विजयी भएका थिए।