काठमाडौं- क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन्। गगनले १७ हजार ५१६ मत ल्याएर नेकपा एमालेका राजन भट्टराईलाई निकै पछि पारेका छन्।
भट्टराईले ११ हजार ९४८ मत ल्याएका छन्। उनीहरूबीच ५ हजार ५६८ मतको फरक छ।
२०७४ को चुनावमा पनि यो क्षेत्रमा थापा र भट्टराईबीच नै प्रतिस्पर्धा भएको थियो र थापाले जितेका थिए।