काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्।
मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।
सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने मिश्रले ७ हजार ११ मत।
२०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए। त्यतिबेला मतान्तर ८१८ रहेको थियो। मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार थिए।