काठमाडौं- झापा-१ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन्। १० हजार ३७५ मत गणना हुँदा विश्वले ५ हजार ३४३ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले ३ हजार १ सय ८ मत पाएका छन्। शर्मा खरेलभन्दा २ हजार २३५ मतले अघि छन्।
उक्त क्षेत्रमा रास्वपाका ओमनाथ भण्डारीले ९७५ मत पाएका छन्। उक्त क्षेत्रमा ५६१ मत बदर भएको छ।