सप्तरी- सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छन्। क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार २ सय ८७ मत प्राप्त अग्रता कायम गरेका छन्।
एमालेका ताराकान्त चौधरी ६ सय ४५ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अन्सारी २ सय २३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।
सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी १ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन्।
जनमत पार्टीका सुकदेव साहले १ सय ३ मत प्राप्त गरेका छन्। त्यस्तै जनता समाज पार्टीका बाल किशोर यादव १ सय १ मतका साथ तेस्रो स्थानमा छन्।