काठमाडौं- गोरखा-२ को प्रारम्भिक गणनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अग्रता बनाएका छन्।
कुल २ सय मत गणना गर्दा १३० मत ल्याएर उनी निकटतम प्रतिस्पर्धी भन्दा निकै अघि देखिएका हुन्।
प्रचण्डलाई पछ्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २८ मत पाएका छन्। एमालेका अब्दुस मियाँ १३ मत पाएका छन्।