बिहीबार, भदौ १२, २०८२

महोत्तरी १ मा क्रस मतलाई सदर गर्ने सहमति

मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ। गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्रबाट गणना भएको हो।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

महोत्तरी- महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना जारी छ। क्रस मत सदर गर्ने सहमतिपछि मतगणना सुरु भएको हो।

मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ। गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्रबाट गणना भएको हो।

मतगणना प्रदेशसभा समानुपातिक, प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ एकसाथ मतगणना भइरहेको छ। दिउँसो १ बजे नै हुने भनिएको मतगणना क्रस मतलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो।

महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकामा १२ वटा वडा, बर्सिबास नगरपालिकामा १४ वटा र भंगाहा नगरपालिकामा ४ वटा वडा गरी ३० वटा वडा छन्।

यस क्षेत्रका कूल ९८ हजार ४ सय ९७ मतदाता मध्ये ६५ हजार ४ सय १० जनाले मतदान गरेका छन्।

प्रकाशित: Nov 21, 2022| 21:30 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।