काकडभिट्टा- झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन्। शर्मा निकटतम प्रतिस्पर्धीभन्दा ६२३ मतले अघि छन्।
कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मत गणना हुँदा १ हजार ७७० मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन्।