बर्दिया- बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन्।
चौधरीले तीन हजार ४३६ मत पाउँदा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएर पछ्याइरहेका छन्।
नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार चौधरी जनमुक्त पार्टीका रेशम चौधरीका बुवा हुन्।