काठमाडौं- नवलपरासी पश्चिम-१ मा नेपाली कांग्रेसका विनोद चौधरीले सुरुवाती अग्रता बनाएका छन्।
जारी मतगणनामा चौधरीले ८६४ मत पाउँदा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ६३२ मत पाएर पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले ५४५ र राप्रपाका भोजराज ढकालले १४१ मत पाएका छन्।