धनगढी- कैलाली-५ को मतगणना (मंगलबार) भोलि ८ बजेदेखि मात्रै हुने भएको छ। सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी भएपछि सर्वदलीय बैठकको निर्णयले भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।
निर्वाचनको बढ्दो दौडधुपका कारण मुख्य निर्वाचन अधिकृत बिरामी परेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए।
कैलाली ५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।