बुटवल- रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छविलाल विश्वकर्माले अग्रता लिएका छन्। विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याइरहेका छन्।
विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन्।