काठमाडौं- आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतगणना सुरु भएकामध्ये प्रतिनिधि सभाका २० क्षेत्रमध्ये नेपाली कांग्रेसले अग्रता बनाएको छ।
६० क्षेत्रमा गणना सुरु हुँदा एमालेले १५ स्थानमा अग्रता बनाएको छ। निर्वाचनभन्दा केही महिनाअघि मात्र खुलेको दल हालसम्मको गणनामा तेस्रो स्थानमा देखिएको छ। उसले ८ स्थानमा अग्रता बनाएको छ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३-३ क्षेत्रमा अग्रता बनाएका छन्। जनमत पार्टीले २ स्थानमा अग्रता बनाउँदा अन्य ६ स्थानमा अघि छन्।
मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन्। मुस्ताङका दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ।